२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ महिनामा बन्लान् साढे ५ लाख घर ?

अ+ अ-

काठमाडौं । असार मसान्तभित्र तेस्रो किस्ता बुझेर घरको छानो राखिसक्नुपर्ने समय तोकेपछि हालसम्म बाँकी रहेका साढे पाँच लाखभन्दा बढी घर निर्माण हुने सरकारी योजना असफल हुने तथ्यांकले देखाएको छ ।

भूकम्पबाट उठिबास लागेका घरमध्ये सरकारी सहुलियतपूर्ण ऋण तथा अनुदानबाट हालसम्म ६२ हजार एक सय ८८ घर मात्र निर्माण भएका छन् । हाल एक लाख ४७ हजार दुई सय ९२ घर निर्माण हुँदै छन् । निर्माण भएका र हुँदै गरेका घर संख्या दुई लाख नौ हजार चार सय ८० छन् । यो तथ्यांकलाई आधार मान्दा पहिलो किस्ता बुझेका ६ लाख २० हजार ६ सय ४६ निजी घरमध्ये ४ लाख ३१ हजार ३ सय ३० घर अझै निर्माणसम्म थालिएको छैन । पहिलो किस्ता नबुझेकालाई जोड्दा पाँच लाख ५८ हजार घर अझै बन्न बाँकी छन् ।

पहिलो किस्ता ५० हजार लिएपछि घर निर्माणको काम अगाडि बढाउनुपर्ने सरकारी नियम छ । पहिलो किस्ताको रकमले घरको जगको काम सकेपछि मात्र दोस्रो किस्ता लिन पाइन्छ । पहिलो किस्ता लिएर जगको काम नसकेकाले दोस्रो किस्ताका आवेदन गर्न सक्दैनन् । प्राधिकरणले घर छाना छाउने अवस्था भएपछि मात्र तेस्रो किस्ताको रकम दिने व्यवस्था गरेको छ ।

प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली आगामी असारसम्म साढे पाँच लाखभन्दा बढी घर बनाउन सम्भव नभएको बताउँछन् । उनले भने, ‘सरकार पुनर्निर्माणको विषयबाट पन्छिन खोज्दै छ । समय हुँदासम्म कानमा तेल हालेर बस्ने र समय सकिन लागेपछि जबरजस्ती घर बनाऊ भनेर मात्र बन्दैन ।’

प्राधिकरण प्रवक्ता यमलाल भुसाल असार मसान्तसम्म सबै घर बनिसक्ने दाबी गरे । उनले भने, ‘पुनर्निर्माणअन्तर्गत व्यक्तिको घर बनाउने काम असार मसान्तमा सकिनेछ । त्यतिबेलासम्म घर नबनाउने व्यक्तिले सरकारी सुविधा पाउँदैन । असारमा सबै घर बन्नुपर्छ भन्ने सोचले समय निर्धारण गरिएको हो ।’

निजी आवास निर्माणलाई तीव्रता दिन मन्त्रिपरिषद्ले असोज २३ मा बन्दै गरेको घर धितो राखेर तीन लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । अनुदान ऋणको हिसाब गर्दा एउटा घरमा ६ लाख रुपैयाँ खर्च हुने देखिन्छ । समयमा काम भएर आगामी आठ महिनामा तीन खर्ब ३० अर्ब रूपैयाँ निजी आवासमा मात्र खर्च हुने देखिन्छ । यो चालु आर्थिक वर्षको बजेटको २५ प्रतिशतभन्दा बढी हो ।

योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले प्रतिवेदन र गफमा मात्र घर बनाउने बताए । ‘साढे दुई वर्षमा नबनेको संरचना आठ महिनामा कहाँबाट बन्छ । जसले दुःख खेपे-खेपे । सरकारले मैले घर बनाउने ठेक्का लिएको छु भनेर पन्छिए सबै कुरा सकिन्छ,’ क्षेत्रीले सोमबार भने, ‘प्राधिकरणले त हामीले संयोजन गर्ने हो भनेर पन्छिइसकेको छ ।’

तोकिएको समयमा घर निर्माणका लागि एक लाख ५० हजार दक्ष र नौ लाख अर्धदक्ष कामदार चाहिन्छ । प्राधिकरणले अहिलेसम्म ४५ हजारलाई तालिम दिएर दक्ष कामदारमा रुपान्तरण गरेको छ ।पैसा भएर मात्र घर बन्दैन । यसका लागि निर्माण सामग्रीको समेत आवश्यकता पर्छ । निर्माण सामग्री अभावमा अहिले पनि समयमा काम थाल्न नसक्ने भूकम्प पीडितको संख्या धेरै छ । गत वर्षदेखि अभाव रहेको एक हजार तीन इन्जिनियरको दरबन्दीसमेत प्राधिकरणले पूरा गर्न सकेको छैन । इन्जिनियर अभावमा अहिले पनि एक लाख घर प्रमाणित हुन सकेका छैनन् ।

पूर्वकार्यकारी अधिकृत ज्ञवालीले स्थानीय निकायलाई जिम्मा दिएर काम अगाडि बढाउन सकिने सम्भावना रहेको बताए । उनले भने, ‘पुनर्निर्माणको काम लथालिंग भयो, दातृ निकायले समेत प्रश्न उठाउन थाले । अब सरकारले स्थानीय निकायलाई यसको जिम्मा लगाएर अगाडि बढाउनुको विकल्प छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खाबर छ ।

0 Comments