२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनरक्षकको परीक्षामा तीन नक्कली परीक्षार्थी पक्राउ

अ+ अ-

काठमाडौँ । तीन नक्कली परीक्षार्थी शुक्रबार पोखराबाट पक्राउ परेका छन् । 

प्रदेश लोक सेवा आयोग गण्डकीले सञ्चालन गरेको प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, तेस्रो तह, वनरक्षक पदको परीक्षा (विज्ञापन नम्बर १४५-१५३/०७९-८०) अन्तर्गत शुक्रबार भएको शारीरिक तन्दुरुस्ती अन्तरगतको शारीरिक तन्दुरुस्ती परीक्षण र दौडका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रदेश लोक सेवा आयोग गण्डकी प्रवक्ता कृष्ण प्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका-२ सिपखाना घर भएका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट-४ सिउना घर भएका २० वर्षीयका गौरी सञ्ज्याल र सोही स्थानका १८ वर्षीय गोविन्द चौलागाई रहेका छन्। 

परीक्षामा सहभागी हुने क्रममा परीक्षार्थीहरूको कागजहरू चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका प्रवक्ता आचार्यले बताए। 

प्रदेश प्रहरी तालिम केन्द्र, छिनेडाँडामा सञ्चालित शारीरिक तन्दुरुस्ती परीक्षणअन्तर्गत २०० मिटर र ३००० मिटर दौडको परीक्षामा सहभागी मास्टर आइडी २०९५९ रोल नम्बर १३१०३ का उम्मेदवार स्युना-३ कालिकोटनिवासी गुरुराज सञ्ज्यालले नक्कली उम्मेदवार खडा गरी उनीहरूलाई परीक्षा दिन लगाएका थिए । 

नक्कली उम्मेदवार बनी परीक्षा दिन गएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्यव्यक्ती गुरुराज भने फरार रहेका छन् । आयोगले पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ भने फरार रहेका गुरुराजको खोजी गरिरहेको छ ।

प्रदेश लोक सेवा आयोग ऐन, ०७६ को दफा ४६ मा आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम परीक्षामा कुनै व्यक्तिले पेश गरेको विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्ध गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।