काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।
त्यस्तैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।







