२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः ठेक्काको म्याद थपियो (राजपत्रसहित)

अ+ अ-

काठमाडौँ। सरकारले विभिन्न आयोजनाका ठेक्काहरूमा म्याद थप गर्ने बाटो खुलाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार(आज) राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले आगामी असारमा म्याद सकिन लागेका आयोजनाका ठेकेदारलाई थप काम गर्न मौका दिन सकिने गरी कानुनी बाटो खुला गरेको हो ।

यो निर्णयसँगै करिब ३ हजार बढी आयोजनाहरूको म्याद थपिन सक्नेछ । यद्यपि आधार र कारण मनासिव नभएको खरिद सम्झौता सम्बन्धित पदाधिकारीले अन्त्य गरी कारबाहीसमेत गर्न सकिनेछ । गत २० असार २०७९ मा भएको सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनले एक वर्षसम्म रुग्ण ठेक्काको म्याद थपेको थियो । थपिएको समयभित्र पनि काम नभएपछि निर्माण व्यवसायीहरू म्याद थपका लागि वकालत गरिरहेका थिए ।

सरकारले विगत ४ वर्षदेखि अनेकन रूपमा बाधा फुकाउँदै आइरहेको छ । जसले गर्दा आयोजनाहरूको समयमै निर्माण त हुन सकेका छैनन् नै, सम्पन्न हुने निश्चितसमेत छैन । यसैगरी अन्तिम समयमा आएर म्याद थप्दै जाने हो भने सायदै सम्पन्न हुने आश गर्न सकिएला ।

सम्बन्धित समाचार : प्राविधिक सचिवहरूको सक्रियता, भौतिक मन्त्रीले डाके बैठक 

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, ठेक्काको म्याद थप सम्बन्धी निर्णय हुन सक्ने 

यो वर्ष पनि सार्वजनिक खरिद नियमावली बमोजिम म्याद थप भएर चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौता बमोजिमको काम चालु रहेका खरिद सम्झौतामा डिजाइन परिमार्जन भएको, बजेट अपुग भएको, निर्माण स्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेको लगायतको कारणबाट तोकिएको अवधिभित्र सम्पन्न हुन नसकेका वा काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका खरिद सम्झौताहरूको हकमा म्याद थप गर्ने कानुनी व्यवस्था नभई आयोजना सम्पन्न गर्न बाधा अड्काउ परेको भन्दै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

सरकारले त्यस्ता आयोजनाको निर्माण व्यवसायी, आपूर्तिकर्ता वा परामर्शदाताले पेस गरेको कार्यतालिका बमोजिमको कुन कुन काम के कस्तो कारणबाट हुन नसकेको हो सोको पुस्ट्याइँ र अवधि खुलाई संशोधित कार्यतालिका र म्याद थप भएमा कुनै किसिमको आर्थिक दाबी नगर्ने प्रतिबद्धता सहित यो आदेश जारी भएको मितिले २१ दिनभित्र म्याद थपको लागि निवेदन दिएमा सार्वजनिक निकायको प्रमुखले उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायलाई कुनै प्रकारको थप दायित्व नपर्ने गरी म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ ।

‘यसरी म्याद थप भएको जानकारी बोलपत्र स्वीकृत गर्ने पदाधिकारीलाई दिनु पर्ने र यस बमोजिम निवेदन पेस नभएको वा पेस भएको निवेदनसाथ पेस भएको आधार र कारण मनासिब नभएको खरिद सम्झौता सम्बन्धित पदाधिकारीले अन्त्य गरी सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिमको कारबाही गर्नु पर्ने गरी नेपाल सरकारले सार्वजनिक खरिद ऐन बमोजिम बाधा अड्काउ फुकाउनका लागि यो आदेश जारी गरेको छ,’ सूचनामा भनिएको छ ।

राजपत्र :