अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएमात्र पनि उम्मेदवार बन्न नपाउने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएमात्र पनि उम्मेदवार बन्न नपाउने


१८ असार २०८०, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था प्रस्ताव गरेको छ। 

निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आयोगले उम्मेदवारको योग्यता/अयोग्यतासम्बन्धी विस्तृत व्यवस्था गरी थप स्पष्ट पारेको छ। 

गत निर्वाचनमा भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नेपाली काँग्रेसका विजयकुमार गच्छदार र टेकबहादुर गुरुङ प्रतिनिधि सभाको निर्वाचन लडेका थिए। गच्छदार पराजित भए पनि गुरुङ निर्वाचित भएका थिए। गुरुङ अदालतबाट दोषी ठहर भएसँगै संसदमा जान पाएका छैनन्। आयोगको यो प्रस्तावले भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिलाई सांसद बन्नबाट रोक्नेछ।

आयोगले प्रस्ताव गरेको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा उम्मेदवारको अयोग्यतामा थप व्याख्या गरिएको हो। 

प्रस्तावित मस्यौदाको दफा ६६को उपदफा (ग) मा भनिएको छ, ‘भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको वा भ्रष्टाचार ठहर भई अन्तिम भएका व्यक्तिहरू उम्मेदवार बन्न योग्य हुने छैनन्।  

Tags :
प्रतिक्रिया दिनुहोस