काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज तोलामा एक सयले घटेर तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । आइतबार चाँदी तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ ।