२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय पैसा बनाउने कारखानामा प्रहरी छापा

अ+ अ-

काठमाडौं । संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको छ ।

शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनले स्थानीय भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए । बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको छ । शाहसँगै अन्य सातजनालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । काठमाडौंको भाटभटेनी घर भएका शाहले अमेरिकाबाट इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ गरेका छन् । उनी गत वर्ष मात्र नेपाल फर्किएका थिए ।

शाहले बिटक्वाइनको माइनिङ गर्न हङकङबाट उपकरण आयात गरेका थिए । गत फागुनमा उनले थाई एयरवेजको विमानबाट थाइल्यान्ड हुँदै नेपालमा सामग्री भित्र्याएका हुन् । उनले ल्याएका उपकरणको कार्टनमामा हङकङमा ती मासान खरिद गरिएको र बैंकक हुँदै काठमाडौं ल्याइएको उल्लेख छ । उनले बिटक्वाइन माइनिङ गर्ने बिटमेन एन्टमाइनर, पावर सप्लाईलगायत १ करोडभन्दा बढी मूल्यका उपकरण भिœयाएका थिए । उनले करिब १ वर्षअघि नै उपकरण आयात गरेको अनुमान प्रहरीले गरेको छ ।

प्रशान्तप्रतापलाई उनका बुबा सन्दीप शाहले दोलखाको किर्नेटारमा कोठा मिलाइदिएका थिए । बिटक्वाइन माइनिङमा ठूलो मात्रामा विद्युत् चाहिने भएकाले स्थानीय जनतालाई दिन बनाइएको आयोजनाको विद्युत् दिलाउन पनि उनले भूमिका खेलेका थिए । सन्दीप केही समयअघि मात्रै खिम्ती आयोजना बनाउने हिमाल पावर लिमिटेडको प्रमुखबाट निवृत्त भएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments