२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुमघाममै मस्त मन्त्री, अढाई महिनामै सकियो ४९ लाख

अ+ अ-

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरु घुमघाममै मस्त हुन थालेका छन् । पार्टीगत तथा व्यक्तिगत काममा विभिन्न जिल्ला घुम्दा मन्त्रीहरुले अढाई महिनामै सरकारी ढुकुटीको ४५ लाखभन्दा बढी सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार साउन र भादौमा मात्रै मन्त्रीको भ्रमणमा ३७ लाख ३९ हजार १ सय ३७ रुपैयाँ सहिएको छ भने १५ असोजसम्म ८ लाखभन्दा बढीको बिल कार्यालयमा प्राप्त भएको छ । १५ दिनको अवधिमा विभिन्न मन्त्रीले ८ लाखभन्दा बढीको बिल बुझाएको कार्यालयले जनाएको छ । ‘धेरै मन्त्री भएकाले भ्रमण बिल अचाक्ली आउन थालेको छ, र्दैनिकजसो लाखौं रुपैयाँ माग गर्दै ४–५ जना मन्त्रीको बिल आइरहेको छ’, मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिकृष्ण पन्थीले भने, ‘धेरै मन्त्री भएकाले भ्रमणमा धेरै खर्च हुनु स्वाभाविक हो तर यसलाई मितव्ययी बनाउन सके राम्रो हुन्छ ।’

अढाई महिनामा सबैभन्दा बढी जिल्ला भ्रमण गर्नेमा उपप्रधानमन्त्री तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजकुमार गच्छदार छन् । उनले ३ लाख ९९ हजार ३ सय ३० रुपैयाँ भ्रमणमा खर्च गरेका छन् । यस अवधिमा उनी मोरङ मात्रै सात पटक गएका छन् भने सुनसरी, सप्तरी, बारा र पर्सा पटक–पटक पुगेका छन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सरकारी अनुगमनमा जिल्ला भ्रमणमा गएको बताए पनि पार्टीगत तथा व्यक्तिगत कामका लागि नै बढी गएका छन्।

भ्रमणमा बढी रकम सक्नेमा आपूर्तिमन्त्री शिवकुमार मण्डल पनि पर्छन्। यस अवधिमा उनी मोरङमा चारपटक, सुनसरीमा दुईपटक, कास्की र सप्तरीमा एक-एकपटक भ्रमण गरेका छन्। यसैगरी, पशुपक्षी विकासमन्त्री सन्तकुमार थारू पनि बढी भ्रमण गर्नेमा परेका छन्। उनले मोरङ, बा“के, बर्दिया, काभ्रेपलाञ्चोक, धादिङ, गोर्खा, कास्की, तनहुँलगायत जिल्लाको भ्रमण गरेका छन्। यसैगरी, सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक, रुपन्देही, मोरङ, सुनसरी, नवलपरासीलगायत जिल्ला पुगेका छन्। अन्य नौ मन्त्रीको भ्रमण बिल रुजु भइरहेको र थप मन्त्रीको भ्रमण बिल आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments