२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुष्प्रचार गर्ने बेलायती निगरानीमा

अ+ अ-

काठमाडौं । नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार गरेको भन्दै बेलायती पर्यटक जेम्मा र चार्ली बेटेबारे अनुसन्धान गर्ने भएका हुन् ।

३५ वर्षीया जेम्मा र उनका १५ वर्षका छोरा चार्लीले आफ्नो गल्ती ढाकछोप गरी नेपालको प्रतिष्ठामा आँच आउने काम गरेको प्रहरीको ठहर छ । उनीहरू साउन ३० गते अन्नपूर्ण सर्कलमा पदयात्रा गरिरहँदा स्थानीय एउटा चियापसलमा पैसा नतिरी हिँडेपछि पसले महिलाले चियाको पैसा माग्दा नतिरी भिडियो खिचेर सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त भिडियो युट्युब र बेलायतको एउटा अनलाइनबाट पोस्ट भएपछि भाइरल भएको थियो ।

जेम्मा र उनका छोरा चार्लीले ‘पदयात्रा क्षेत्रका होटललगायत विषयमा जानकारी नलिएको र नेपाली दक्ष पथप्रदर्शक प्रयोग नगरी आफूखुसी जथाभावी पदयात्रा गरेको’ प्रहरीको भनाइ छ ।

घटनाको ४५ दिनपछि बेलायतबाट नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश फैलाउने समाचार सार्वजनिक हुनुले उनीहरूमाथि कुनै अन्याय नभएको प्रस्ट हुने प्रहरीको तर्क छ । ‘समस्या भए स्थानीय प्रहरीलाई जानकारी दिन सक्थे तर कुनै जानकारी नगराई गलत हिसाबले यो काण्ड मच्चाउने प्रयास भएको छ । उनीहरूमाथि निगरानी सुरु गरेका छौं’, पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले भने ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई बेलायत पुगेपछि मात्र ती पर्यटकले भिडियो सार्वजनिक गरेबाट आशंका पैदा भएको बताउँछन् । ‘छानबिन गरी कारबाही गर्ने तयारीमा छौं’, उनले भने, ‘साउन ३० गते भएको घटना बेलायतबाट भदौ २५ मा सार्वजनिक भयो । तर, उनीहरूले प्रहरी र हामीलाई किन खबर गरेनन् ? ’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments