मन्त्रीको घेराबन्दीमा सहसचिव « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रीको घेराबन्दीमा सहसचिव


९ आश्विन २०७४, सोमबार


काठमाडौं । नेपाल नागरिक प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमलाई हटाउने खेलमा लागिपरेका सहसचिव सुरेश आचार्य मन्त्रीको घेराबन्दीमा परेका छन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले गत सता प्राधिकरणका महानिर्देशक गौतमलाई सोधिएको स्पष्टिकरणपत्रका विषयमा सहसचिव आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।

यससंगै मन्त्रीस्तरीय निर्णयविपरीत गौतमलाई आचार्यले आफै महानिर्देशक बन्ने योजनाअनुरुप स्पष्टीकरण सोधेको तथ्य सार्वजनिक भएको छ । मन्त्रीले भदौ २७ गते कार्यसम्पादनमा तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसंग भएका सम्झौताअनुशार काममा किन ढिलाइ गरेको भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस