चामलभन्दा सस्तो जीवन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चामलभन्दा सस्तो जीवन


८ आश्विन २०७४, आइतबार


बाजुरा । हुम्लामै चामल पाइन्थ्यो भने सम्भवतः पहिरोमा परेर ३५ वर्षीय तेजबहादुर बुढाको मृत्यु हुने थिएन ।

उनको अकालमा मृत्युसँग चामलका लागि कम्तीमा ९ दिन हुँड्नुपर्ने हुम्ली बाध्यता जोडिएको छ ।

त्यही बाध्यताले अदानचुली गाउँपालिका–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरु बुढा बुधबार झिसमिसेमै घरबाट हिँडे । चामल बोकाउन ६२ भेडा–च्याङ्ग्राको बथान लिएर गएका उनीहरुले फूलपातीका दिन घर आइपुग्ने लक्ष्य राखेका थिए ।

चामल पाउने आशा गरिएको ठाउँ थियो– बाजुराको कोल्टी । भेडा–च्याङ्ग्राको बथानसहित त्यहाँ पुग्न ४ दिन लाग्थ्यो । फर्किंदा भारीसहित ५ दिनमा आइपुगिएला भन्ने हिसाब गर्दै उनीहरु अघि बढिरहेका थिए । राति २ बजे पशु धपाउन थाल्थे । ८ बजेपछि तिनैलार्य चराएर बस्थे ।

तेस्रो दिन शुक्रबार बिहान बाजुराको हिमाली गाउँपालिका–६ स्थित राँगे भीर पार गर्दै थिए, अचानक चट्टानसहितको पहिरो खस्यो । प्रस्ट देखिने उज्यालो भइसकेको थिएन, अर्कातिर भेडा–च्याङ्ग्रको बथान थियो । तेजबहादुर उम्किनै पाएनन् । पुरिएर घटनास्थलमै उनको मृत्यु भयो । त्यही पहिरोमा उनका आठवटा, हरुका ६ वटा र कलको एउटा भेडा पनि पुरिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस