२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी भएन मतदाता शिक्षा, बदर मतकै चिन्ता

अ+ अ-

काठमाडौं । पहिलो र दोस्रो तहको निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गरेको आयोगको दाबी छ। त्यस्तै, मतदाता शिक्षाका लागि तराईका आठ जिल्लामा भदौ १५ बाट ३५ सय ८० स्वयंसेवक घरदैलोमै पुगेर सही रूपमा मतदान गर्ने विधि सिकाइरहेको आयोगले जनाएको छ।

एक सय ३६ स्थानीय तहको एक हजार स्थानमा नमुना मतदान गरेको थियो। आयोगले एक हजार स्थानमा गरेको मतदानमा बदर मत ७ देखि ८ प्रतिशतसम्म पाएको छ। ०७० सालको संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत बदर तराईका जिल्लामै भएको थियो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल नमुना मतदान केवल नमुनाका लागि भएकाले त्यसैलाई आधार बनाउन नहुने बताउँछन्। ‘घर घरमै पुगेर मतदाता शिक्षा दिइएकाले बदर मत निकै कम आउने आयोगको अपेक्षा छ!, उनले भने।

मतदाता शिक्षाबाट कोही पनि वञ्चित नगराउन र बदर मत घटाउन परिचयपत्र लिन आउने मतदातालाई मतदानस्थलमै पनि स्वयंसेवकमार्फत मतदान गर्ने तरिकाबारे सिकाइरहेको उनले जानकारी दिए। निर्वाचन आयोगले प्रदेश नं. २ को निर्वाचनका लागि १ अर्ब ७५ रुपैयाँ खर्च हुने अनुमान गरेको छ। जसमध्ये मतदाता शिक्षाका लागि पनि पर्याप्त रकम खर्च भएको आयोगले जनाएको छ।

कम साक्षरता दर कम भएका जिल्लामा निर्वाचन हुन लागेका कारण बदर मत घटाउने आयोगलाई चुनौती छ। तराईका यी जिल्लामा ६८ लहरको लामो मतपत्र प्रयोग गरिँदै छ। मतदानको समयमा मतदाता अलमलमा नपर्न र बदर मत रोक्न आयोगले पर्याप्त कदम चाल्नुपर्नेमा त्यस्तो नभएको राजनीतिक दलले चिन्ता प्रकट गरिरहेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments