१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

अ+ अ-

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ ।

वि.सं. २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन ।

जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले बेनी आवत–जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए । बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको यात्रा अवधि तीस मिनेटमा छोटिएको जलजला–३ का वडा सदस्य शशी आचार्यले बताए ।

जिल्ला फरक भए पनि पर्वतको माझफाँट, बाँसखर्क, लेकफाँटका बासिन्दा नजिक पर्ने भएकाले प्रशासनिकबाहेक सबै कामका लागि म्याग्दीको बेनीमा निर्भर छन् । सडक घुमाउरो भएकाले धेरैजसो मल्लाजका बासिन्दा बेनी मल्लाज यात्रा पैदलबाटै गर्दै आएका छन् । सडकबाट स्थानीय बासिन्दाले प्रभावकारी सुविधा पाउन सकेका थिएनन् । यो सडक सञ्चालन भएपछि गाडी चढेर यात्रा गर्ने मल्लाजवासीको वर्षौंदेखिको सपना पूरा भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले वि.सं. २०७२ मा शुरु गरेको बेनी–मल्लाज–शालिजा सडक आयोजनामार्फत पर्वत बेनीदेखि मल्लाजसम्मको चार किलोमिटर दूरीको सडक स्तरवृद्धि गरिएको हो । तीन करोड ७७ लाखमा ठेक्का सम्झौता गरेको बिएन थोडुङ कन्सट्रक्सन जेभीले सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण, ग्याबियन पर्खाल र पक्की पर्खाल बनाउने तथा आरसिसी ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचित सांसदले आफ्नो क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालनका लागि सिफारिस गर्न पाउने व्यवस्थाअनुसार पर्वत क्षेत्र नं. १ का सांसद अर्जुनप्रसाद जोशीले उक्त आयोजनालाई सिफारिस गरेका थिए ।

हाल ट्र्याक्टर, जिप र मोटरसाइकल आवत–जावत गर्ने उक्त सडकको माइनडाँडा क्षेत्रमा ग्राभेल गरेर दशैँअघि नै नियमित सवारी सञ्चालन गर्न पहल गरिएको जलजला–३ का वडाध्यक्ष रवि भण्डारीले बताए ।

उनका अनुसार उक्त सडक कालोपत्रका लागि सडक विभागले थप आयोजना सञ्चालनको तयारी गरेको छ । बेनी मल्लाज सडकबाट मल्लाज क्षेत्रमा उत्पादित तरकारी, दूध, आलु, सुन्तलालगायत कृषि उपज बजार पुर्याउन, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस