२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरूको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनेर उभौली पर्व मनाउने गरिन्छ । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य रूपमा मनाउने चलन छ । सन्देशमा भनिएको छ, ‘किराँत धर्मावलम्बीहरूको पवित्र एवं महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’