२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमा ‘साहुजीहरू’ को टक्कर

अ+ अ-

जनकपुर । दुई नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको जनकपुर उपमहानगरमा ‘साहुजी समुदाय’ कै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रमुख तीन दलका साथै मधेसकेन्द्रित दलले समेत व्यापारिक वर्गका रूपमा चिनिएको ‘साह’ समुदायबाट उम्मेदवार बनाएपछि जातीयता प्रमुख मुद्दा बनेको छ । उपमहानगरका १९ मेयर उम्मेदवारमध्ये ११ जना ‘साहुजी समुदाय’ का छन्।

कांग्रेसले मनोज साह, एमालेले लक्ष्मीनारायण साह भगत, माओवादीले चन्द्रशेखर साह, राजपाले लालकिशोर साह, फोरम नेपालले विष्णुदेव साह र फोरम लोकतान्त्रिकले हंसराज साहलाई मेयर उम्मेदवार बनाएका छन् । जनकपुरस्थित रारा बहुमुखी क्यापसका राजनीतिशास्त्रका प्राध्यापक नवीन मि श्र भन्छन्, ‘जातीयता, पैसा र शक्तिको संगमले यहाँ उम्मेदवार छनोट भएको देखिन्छ।’

०६८ को जनगणनाअनुसार जनकपुर उपमहानगरको जनसंख्या १ लाख ५४ हजार ५ सय ८९ छ । त्यसमध्ये यहाँ ‘साहुजी समुदाय’ को संख्या २२ हजार हाराहरी छ । २५ वटा वडा रहेको यो उपमहानगरमा ७५ हजार ५ सय ९४ मतदाता छन् । दुई नम्बर प्रदेशमा सबैभन्दा बढी १८ दशमलव ३ प्रतिशत दलित छन् भने यादवको जनसंख्या १४ दशमलव १२ प्रतिशत छ।

धनुषा जिल्लाको समग्र जनसंख्यामा यादव समुदायको बाहुल्य छ । त्यसपछि मुसलमान छन् । धनुषामा यादवको जनसंख्या १७ दशमलव ४९ प्रतिशत र मुस्लिमको जनसंख्या ५ दशमलव २० प्रतिशत छ । साहुजी समुदायको जनसंख्या समग्र जिल्लामा ५ दशमलव २० प्रतिशत छ।

जनकपुरकै अर्का प्राध्यापक सुरेन्द्र लाभ भन्छन्, ‘राजनीतिमा सस्तो नारा खोज्ने क्रम प्रतिदिन बढ्दै गएको छ । जातीयताको नारा दिएर नेतालाई मत बटुल्न सबैभन्दा बढी सहज भएको देखियो । मधेसी समाजमा अन्तरजातीय बिहे बढिरहँदा मधेसको राजनीतिमा जातीय पक्ष बलियो ढंगले हाबी भइरहेको छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments