प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीयता खारेज गर्नुपर्ने बताएका छन् ।  

१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक सङ्गठन ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)ले सोमबार आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष थापाले प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकार सम्पन्न गर्नुपर्ने बताए ।  

लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै उनले सीमित नेताहरू आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । 

Tags :
प्रतिक्रिया दिनुहोस