सरकारबारे निर्णय गर्न सोमबार रास्वपाको बैठक बस्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरकारबारे निर्णय गर्न सोमबार रास्वपाको बैठक बस्ने


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो। केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस