२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुद्दा मिलाउन ‘अख्तियारमा सेटिङ’

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा असार २५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारीविरुद्ध उजुरी पर्‍यो । पदाधिकारीले पद दुरुपयोग गर्दै व्यापक आर्थिक अनियमितता गरेको प्रमाणसहित सरोकारवालाले उजुरी दिँदासमेत अख्तियारले कागजात नियन्त्रणमा लिएन । उल्टै गोप्य उजुरीबारे अख्तियारका कर्मचारीले सूचना ‘लिक’ गराए । स्रोतका अनुसार उजुरी परेपछि बिल–भौचरलगायत लेखासँग सम्बन्धित कागजात विश्वविद्यालय प्रशासनले ‘रातारात मिलाउने’ मौका पायो ।

असार २४ गते अख्तियारमै अर्को उजुरी पर्‍यो, न्यूनतम योग्यता पनि नपुगेकालाई इन्जिनियरिङ संकायमा सहायक डिन नियुक्त गरिएको विषयमा । इन्जिनियरिङ संकायका विद्यार्थीले दिएको उजुरीमा पदीय हैसियत दुरुपयोग गरी डिन नियुक्त गरेको भन्दै उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई कारबाही माग गरिएको थियो । उक्त उजुरीउपर पनि अख्तियार अनुसन्धान अघि बढाउन सकेको छैन ।

गैरकानुनी रूपमा शिक्षक, कर्मचारी नियुक्त गरिएको उजुरीमा समेत अख्तियारले अनुसन्धान गरेन । शिक्षक/कर्मचारीसम्बन्धी असार २६ र भदौ ९ गते दर्ता भएका दुवै उजुरीउपर कुनै चासो नदिएको उजुरीकर्ताको गुनासो छ । ‘भाडामा सञ्चालित विश्वविद्यालयले चरम आर्थिक अनियमितता गरेको उजुरी दिँदासमेत फाइल नियन्त्रणमै लिन सकेन,’ उजुरीकर्तामध्येका अनिलबहादुर शाहीले भने, ‘अख्तियार किन मौन बस्यो ? हामी दंग छौं ।’

अख्तियार स्रोतले उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र आयुक्त नवीनकुमार घिमिरे नातेदार भएकाले माथि नै ‘सेटिङ मिलाएको हुन सक्ने’ बतायो । घिमिरे कोइरालाका साढुदाइ हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments