२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’

अ+ अ-

काठमाडौं । कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ– ‘आफ्नो देश फर्कन पाऊँ ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ । रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन् । त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ । ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिएु, चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन् । तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन् ।’

४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा–बोल्दै भक्कानिए । उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन् । घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा । परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले । उनी भने भाग्न सफल भए । म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे । अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन् । अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनी आउँछन् । खान दिए अलिकति खान्छन् । नभए भोकै बस्छन् ।’

आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले । सिमानामा उनीहरूलाई गोली दागियो । कति त त्यहीं ढले । दाग कसैको हातमा छ कसैको पेटमा । उनीहरूको दाबी छ, ‘आठ सय वर्षदेखि हाम्रा पुर्खा बर्मामा बस्दै आएका हुन् ।’ यूएनएचसीआरले उनीहरूलाई केही समय आर्थिक सहयोग गर्‍यो । घरमूलीलाई पाँच हजार तीन सय ५०, श्रीमतीलाई तीन हजार पाँच सय र बालबालिकालाई दुई हजार सात सय रुपैयाँका दरले मासिक सहयोग गर्‍यो । सन् २०१२ देखि नेपालमा बस्न थालेका उनीहरूले २०१४ सम्म सहयोग पाए । त्यसबाटै उनीहरूको गुजारा चल्थ्यो । त्यसपछि उनीहरूले कुनै सहयोग पाएनन् । अबुथ करले आफ्नो परिवारबाट १४ हजार रुपैयाँ पाउँथे । आर्थिक सहयोग रोकिएपछि अहिले उनीहरूलाई जीवन धान्न गाह्रो भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 Comments