२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी रकम असुल्ने मेनपावरका कर्मचारी पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल मेनपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

मलेसिया जाने दुईजना कामदारसँग एक लाख ६० हजार लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त मेनपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।

आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्यरुपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो मेनपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।

वि.सं. २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरु कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट मेनपावरले बढीमा १० हजारमात्रै सेवाशुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।

सो व्यवस्था रहेपनि अधिकांश मेनपावरले तोकिएको भन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् । रासस

0 Comments