२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमा आन्दोलन गर्नेहरुका लागि खुलामञ्चमा शिविर बनाउन खोज्नु शंकास्पद : मेयर शाह

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताएका छन् ।

१२ दिन हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटरब्याज पीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिँदै मेयर बालेनले आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।

तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर १२ दिनमा काठमाडौँ आएका मिटरब्याजपीडित सोमबार खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका थिए । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भइरहेको बेला मेयर बालेनले प्रष्टीकरण दिँदै माइतीघरले न्याय नदिने बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन नभई न्यायको लागि भएको बताए । उनले लेखेका छन्, ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ मेयर शाहले भनेका छन्, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आई पुग्नुले हाम्रो सङ्घीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।”

उनले पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताए। खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन्। न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाई केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउने गरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाए।

मिटर ब्याजपीडितको समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार रहेको भन्दै पीडितलाई बालुवाटार जान सुझाव दिएको बताए । ‘खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ ।’

उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सधैँ खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यबद्धता रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस