काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।
आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सो विधेयलाई नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् ।
गत फागुन १२ गते प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन ।