२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयरबजारमा नियामक कर्मचारी : नियम छल्दै, सेयर खेल्दै

अ+ अ-

काठमाडौं । नियामक निकायका बहुसंख्यक कर्मचारी कानुनविपरीत दोस्रो बजारमा सेयर लगानी गर्न व्यस्त छन् । राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय (राष्ट्र बैंक, बिमा समिति, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज) का कर्मचारीले दोस्रो बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन् ।

नियामक निकायका कर्मचारीको पहुँच सूचीकृत कम्पनीहरूका आन्तरिक सूचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले यस्तो बन्देज गरिएको हो । तर राष्ट्र बैंकसहित नियामक निकायका कर्मचारीहरूले यसलाई तोडदै सेयरमा ठूलो लगानी गरिरहेका छन् । सूचनामा पहुँचका साथै फोनको भरमा पनि कारोबार गर्न सकिने भएकाले उनीहरूलाई सजिलो भएको जानकारहरू बताउँछन् ।

केही साताअघि राष्ट्र बैंकका एक कर्मचारीले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको भनी व्यवस्थापनसमक्ष उजुरी पर्‍यो । उजुरीका आधारमा व्यवस्थापनले छानबिन सुरु गर्दा ती कर्मचारीले एक वित्तीय संस्थाबाट ओभरड्राफ्ट कर्जा लिएको देखियो । सोही समयमा एक कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) जारी भएकाले उक्त रकम सेयरमा लगानी भएको आंशकाका आधारमा उजुरी परेको बुझिए पनि अन्तिम निष्कर्ष आइसकेको छैन । ‘कुरा उठेपछि आन्तरिक रूपमा सोधखोज सुरु भएको छ,’ प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘वास्तविकता केही दिनमा थाहा होला ।’

कर्मचारीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट ओभरड्राफ्ट ऋण लिन छुट भएकाले त्यसकै आधारमा सेयरमा लगानी गर्‍यो भन्न नसकिने उनको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments