२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलमै कुहियो खाद्य संस्थानको चामल

अ+ अ-

मुगु । नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमानस्थलमा नै कुहिएको छ । संस्थानले हुम्लाको सिमिकोट वितरण केन्द्रका लागि पठाएको खाद्यन्न ताल्चा विमानस्थलबाट ढुवानी हुन नसक्दा तीस केजीका एक सय वोरा खाद्यन्न कुहिएको हो । नेपाल खाद्य संस्थान सुर्खेतले ठेकेदार कमल गुरुङलाई हुम्लाका लागि खाद्यन्न ढुवानीको जिम्मा दिएको र ठेकेदारले गाडीबाट ताल्चा विमानस्थल पुगेको खाद्यन्न सिमिकोट ढुवानी नगर्दा वर्षाको पानीका कारण खुल्ला ठाउँमा रहेको खाद्यन्न कुहिएको हो ।

ठेकेदारले हुम्लाका लागि बाजुरा हुँदै सिमीकोट र मुगुको ताल्च विमान स्थलसम्म गाडी र विमान स्थल देखि हवाई मार्गबाट सिमिकोटसम्म खाद्यन्न ढुवानी गर्ने जिम्मा लिएको तर वर्षाका कारण ढुवानी गर्न नसकेको जानकारी आएको नेपाल खाद्य संस्थान सुर्खेतका कार्यालय प्रमुख भिम थापाले जानकारी दिए । ठेकेदारले संस्थानसंग गरेको सम्झौता अनुसार समयमा नै खाद्यन्न ढुवानी गर्न नसके वा खाद्यन्न सम्बन्धि स्थानमा नपुर्‍याई नासमास गरेको खण्डमा प्रति केजी १ सय ४ रुपैयाँका दरले अशुल उपर गरिने थापाको भनाई छ ।

धनगढीबाट उठाईएको खाद्यन्न केही बाजुरा भएर हुम्ला ढुवानी गरेको र मुगुको ताल्च विमान स्थलसम्म गाडीबाट र विमान स्थल देखि सिमिकोटसम्म जहाँजबाट खाद्यन्न ढुवानी गर्दा सहज र छिटो पुग्ने भए पनि ढुवानीको जिम्मा लिएका निजी कम्पनिका विमानले ढुवानी नगरिदिँदा खाद्यन्न कुहिएको ठेकेदार कमल गुरुङले बताए । ताल्च विमानस्थलबाट सिमिकोटसम्मका लागि निजी कम्पनिका मकालु एयर र सीता एयरसंग सम्झौता गरे पनि असार यता मौसम प्रतिकुल रहेको, मानसरोवर जाने भारतीय तिर्थालुको भिडभाडका कारण जहाजले खाद्यन्न ढुवानी गर्न नमानेका कारण विमानस्थलमा नै खाद्यन्न कुहिएको गुरुङको भनाई छ। समयमा खाद्यन्न ढुवानी हुन नसके पछि संस्थानलाई अहिलेसम्म तीन लाख हर्जना तिरिसकेको र बाँकी थप गरिएको समय पौष मसान्त सम्म खाद्यन्न ढुवानी गर्न नसके वा खाद्यन्न नासमास भए संस्थानको नियम अनुसार जरिवाना तिर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

सिमिकोटका लागि ताल्च विमानस्थल पुगेको खाद्यन्न लामो समय देखि विमानस्थलमा नै थन्किएको छ । एक सय वोरा जति खाद्यन्न विमान स्थलमा प्लाष्टिकले छोपेर राखेको भए पनि वर्षाको पानीले भिजे पछि खाद्यन्न विमान स्थलमा नै कुहिएको आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments