२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरू प्रदेश नं. २ मा केन्द्रित : निर्वाचनका लागि नेता जिल्ला खटिए

अ+ अ-

प्रदेश नं. २ मा कांग्रेसका १४ केन्द्रीय सदस्य र ४० सांसद –

काठमाडौं । पदाधिकारीसहित १४ केन्द्रीय सदस्य र ४० सांसद प्रदेश नम्बर २ मा खटिएका छन् । उनीहरू त्यही क्षेत्रका हुन् । आवश्यकता भए थप केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी छ ।

कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री विमलेन्द्र निधि, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसहितका १४ केन्द्रीय सदस्य २ असोजमा तेस्रो चरणको स्थानीय निर्वाचन हुने प्रदेश नम्बर २ कै बासिन्दा हुन् । यही प्रदेशबाट निर्वाचित र समानुपातिक गरी ४१ जना सांसदले प्रतिनिधित्व गर्ने भएकाले जिल्लाबाट माग भए मात्र केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ । ‘प्रदेश नम्बर २ बाट १४ केन्द्रीय सदस्य र ४१ सांसदले प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँ नेताहरू पर्याप्त हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले आवश्यकता महसुस गर्नुभयो भने मात्र केन्द्रले नेताहरू पठाउँछ ।’

निर्वाचन आयोगको तयारी पूरा (२६,६९२ सुरक्षाकर्मी खटाइने)

निर्वाचन आयोगले १२ भदौबाट एक सय ६३ स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ । जहाँबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । त्यसमध्ये एक हजार २७१ वडाध्यक्ष हुनेछन् । प्रदेश नं। २ मा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । बुथ सुरक्षाका लागि २६ हजार ६९२ जना सुरक्षाकर्मी परिचालित छन् । आयोगका अनुसार मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित ठाउँमा पुगिसकेका छन् ।

एमाले शीर्ष नेताहरू मधेसमा सक्रिय

स्थानीय तहको चुनावी प्रचारमा एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन् । कार्यबाहक अध्यक्ष वामदेव गौतम, नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमै छन् । गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन् । त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन् । ‘उपलब्ध नेताहरू अहिले प्रदेश नं. २ मा सक्रिय हुनुहुन्छ,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित हुनुहुन्छ ।’

माओवादीको कमान्ड प्रचण्डले नै सम्हाल्ने

माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अध्यक्ष प्रचण्डले नै कमान्ड सम्हाल्ने गरी रणनीति बनाएको छ । उनले मंगलबार जनकपुरमा आयोजना गरिने निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

‘कुन जिल्लामा कस्तो रणनीति लिनुपर्ने हो । सोहीअनुसार अध्यक्षले जिम्मेवारी दिएर नेता परिचालन गर्नुहुनेछ,’ प्रवक्ता पम्फा भुसालले भनिन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवको नेतृत्वमा पनि टोली सक्रिय छ । पर्सामा उर्मिला अर्याल, रौतहटमा प्रभु साह, महोत्तरीमा गिरिराजमणि पोखरेल, सिरहामा विश्वनाथप्रसाद साह र अजयशंकर नायक, धनुषामा मातृका यादव र रामचन्द्र झालगायतका नेता खटिएका छन् । माओवादीले बुधबारसम्म उम्मेदवारको टुंगो लगाउने छ । आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।

0 Comments