तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने –मन्त्री बस्नेत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने –मन्त्री बस्नेत


प्रशासन विशेष ब्युरो

११ भाद्र २०७४, आइतबार


दाङ। सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने कुरा दोहोर्याएका छन् ।

एक साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले २० वर्षपछि स्थानीय तहको चुनाव भई जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी व्यवस्थापन हुन नसक्दा जनताले सेवा पाउन नसकेको बताए ।

“सिंहदरबारको सेवा गाउँमै भनेका थियौँ, केही समयमा त्यो सेवा जनतालाई दिन सरकार लागेको छ ।” मन्त्री बस्नेतले भने । मन्त्री बस्तेतले पहिलो चरणमा हाल भएका कर्मचारीलाई व्यवस्थापन गरी सबै स्थानमा पठाउने र बाँकी कर्मचारीको व्यवस्था गरी पुनः व्यवस्थापनमा लाग्ने उल्लेख गरे ।

उनले एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएको बताए । तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने उनकोभनाइ थियो । “जनताको सेवक भएपछि तोकेको स्थानमा जानुपर्छ, होइन भने बिदाइ भएर जानुको विकल्प छैन”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस