राष्ट्रपति निर्वाचनबारे राप्रपाले फागुन २४ गते निर्णय लिने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपति निर्वाचनबारे राप्रपाले फागुन २४ गते निर्णय लिने


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे आगामी बुधबार (फागुन २४ गते) निर्णय गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी बुधबार बस्ने पार्टीको कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनबारे निर्णय लिने जानकारी दिए ।

गृह जिल्ला झापा पुगेका लिङ्देनले निर्वाचन प्रक्रियामा भाग लिने वा नलिने निर्णय भई नसकेको जानकारी दिए । उनले आफू काठमाडौँ आएपछि बस्ने पार्टीको बैठकबाट निर्णय लिने बताए । 

अध्यक्ष लिङ्देनले दुवै उम्मेदवारले आफूहरूसँग मत मागिरहेको पनि जानकारी दिए । 

राप्रपा १० पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गएको थियो । तर, १३ फागुनमा राष्ट्रपति निर्वाचनले गठबन्धन फेरबदल भएसँगै राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । उसले राष्ट्रपति निर्वाचनबारे अझै निर्णय लिइसकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस