भ्रष्टाचारको अभियोगमा सांसद पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भ्रष्टाचारको अभियोगमा सांसद पक्राउ


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ। भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टाचार अभियोग लागेका बेल्जियमका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो । 

बेल्जियमका सङ्घीय अभियोजनहरूले आज लिज सहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् । 

भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् ।

सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस