२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विद्यार्थी सङ्घद्वारा राहत संकलन

अ+ अ-

धुलिखेल । नेपाल विद्यार्थी सङ्घ, काभ्रेपलाञ्चोकले डुबेको मधेश र बगेको पहाडलाई साथ दिने उद्देश्यका साथ सहयोगका लागि राहत संकलन कार्य थालनी गरेको छ ।

सङ्घका जिल्ला अध्यक्ष नृपेश बादे श्रेष्ठ र कोषाध्यक्ष रवीन गौतमको नेतृत्वमा एक समूह गठन गरी जिल्लाका विभिन्न सहरमा गएर राहत संकलन कार्य थालनी गरेको अध्यक्ष नृपेश बादे श्रेष्ठले बताए ।

श्रेष्ठको टोलीले सोमबार बनेपा नगरपालिकाभित्रका बजारमा राहत संकलन गर्ने काम गरेको छ । “हामीले मधेशका बाढीपीडितका लागि केही मात्रामा भएपनि सहयोग पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले यो राहत संकलन गर्ने काम थालनी गरेका हौँ ।” जिल्ला अध्यक्ष बादेले भने, “यो अभियान जिल्लाको मुख्य सहर बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका स्थानमा गएर संचालन गर्छौं ।”

‘डुबेको मधेश अनि बगेको पहाडलाई साथ दिन नेपाल विद्यार्थी सङ्घको राहत संकलन कार्यक्रम’ अभियान सञ्चालन गरेर राहत संकलनको कार्य थालनी गरेको सङ्घले जनाएको छ ।

सोमबार बनेपामा गरेको संकलन कार्यबाट ५१ हजार रकम जम्मा भएको नेवि सङ्घ काभ्रेका कोषाध्यक्ष रवीन गौतमले बताए ।

“हामीले जिल्लाका मुख्य सहरमा राहत संकलन गरिसकेपछि जम्मा भएको रकम जुन जिल्लाका लागि सहयोग गर्ने हो, त्यही जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरण गर्छौं”, गौतमले भने । रासस

प्रतिक्रिया दिनुहोस