गुल्मी जिससमा एमाले निर्विरोध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुल्मी जिससमा एमाले निर्विरोध


२७ श्रावण २०७४, शुक्रबार


गुल्मी । जिल्ला समन्वय समितिमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिसस निर्वाचनका लागि शुक्रबार एमालेबाहेक कसैको पनि उम्मेदवारी परेन । जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताए ।

जिससका सदस्यमा भने चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर विश्वकर्मा, हरिप्रसाद ज्ञवाली, रमादेवी पुन, गंगा पन्त र उजेली विकको मनोनयन दर्ता भएको छ । यही साउन ३१ गते निर्वाचन परिणाम घोषणा गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस