काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापालाई दिइएको छ ।
११ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिएको हो । तर आइतबार मात्रै गण्डकी प्रदेश सकारको आधिकारिक वेबसाइटमा प्रवक्तामा थापाको नाम अपडेट गरिएको छ ।
यसअघि मुख्यमन्त्री खगराज अधिकारीले सरकारको प्रवक्ताको जिम्मेवारी सीता सुन्दासलाई दिएका थिए ।