२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’

अ+ अ-

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ । त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ ।

बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर-६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ । ‘हामीले यसमा छानबिन गरिरहेका छौँ’, भण्डारीले भने, ‘अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ ।’ उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस