२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंखेकिराबाट तरकारी जोगाउन कृषकलाई समस्या

अ+ अ-

पाल्पा । शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ ।

तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् । रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् । कृषकले लगाएका लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् ।

बस्ती बढ्दै गएको रामपुरको बजार क्षेत्रलाई मध्यनजर गर्दै विस्तारै व्यवसाय उन्मुख हुँदै गरेका कृषकलाई शंखेकिराबाट बालीनाली कसरी जोगाउने भन्ने समस्याले पिरोलेको छ । तरकारी लगाएपछि दुई चार पात हुन नपाउँदै बोटमै शंखेकिराले आक्रमण गरी बिरुवामा ठूलो हानिनोक्सानी पुर्याएको छ ।

घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ ।

तरकारीको बिरुवा लगाएर दुई चार पात हुँदादेखि नै आक्रमण गरेपछि उत्पादन लिनै नसकिएको कृषक सीता देवकोटा बताउछिन् । “खेतबारी जताततै शंखेकिरा मात्र फैलिएको छ, तरकारी, फलफूल बाली लगायो, शंखेकिराले आक्रमण गरेर उत्पादन लिन पाइँदैन” उनले भनिन् ।

तरकारीखेती गर्दै आइरहेका यहाँका कृषकले शंखेकिराको आक्रमणबाट अब व्यवसाय नै छाड्ने मनसायमा रहेका छन् । शंखेकिराले आक्रमण नगरेका बखत यहाँका कृषकले थोरै जग्गामा तरकारी लगाएर पनि राम्रो आम्दानी गर्न सफल भएको कृषक जगन्नाथ कँडेलले बताए ।

“आम्दानी होला भनेर खेती गर्ने हो, आम्दानी लिन त परै जाओस् लगानी पनि उठाउन नसकिने अवस्था सिर्जना भएको छ” उनले भने । कँडेलले व्यावसायिक तवरले तरकारीखेती गर्दै आइरहेका छन् तर अहिले शंखेकिराको आक्रमणले व्यवसाय चलाउने कि छोड्ने भन्ने दोधारमा पुगेका छन् ।

जिल्ला कृषि विकास कार्यालय, पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताए । उनले विशेष गरी शंखेकिराले लहरे जातका तरकारी, फलफूलमा बढी आक्रमण गर्ने बताए ।

यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको सुर्तीको झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र मट्टितेल मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पुर्याउँछ ।

यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिए ।

कृषकले फाट्टफुट्ट मात्रामा शंखेकिरा देख्ने बित्तिकै न्यूनीकरणतर्फ खासै चासो नदिँदा पनि यसले फैलिने अवसर पाएको हो । शंखेकिराको प्रकोप देखा पर्न थालेपछि समयमा नै कृषकले घरेलु विषादी अपनाउन सके यसको न्यूनीकरण सहजै गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।

0 Comments