२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : खतिवडा

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रूपमा चर्चा गरिए पनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार काठमाडौँमा जारी पार्टीको १४ औँ स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रस्ट पारेका हुन् ।

उनले भने– ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुची पनि नरहेको पनि प्रस्ट पारे । बाम एकता गर्ने, एजेन्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुचि रहेको उनले बताए । पार्टीको सङ्गठनलाई सुदृढ बनाउने योजनामा रहेको बताउँदै खतिवडाले भने– ‘यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदैछ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसूचित गर्न चाहन्छु ।’

बिहान ११ बजेदेखि जारी बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीको आगामी बाटोका बारेमा स्थायी कमिटी सदस्यको राय लिइरहेका छन् । अहिलेको सन्दर्भमा सङ्गठन सुदृढीकरण कसरी गर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणमा अबको कार्यदिशा भन्ने बारेमा मन्तव्य राखेका छन् । उनले सशक्त सङ्गठन भएको, युवाहरूको सहभागिता भएको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीका महासचिव बेदुराम भुसालले पार्टीको सङ्गठनलाई अगाडि बढाउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । स्थायी कमिटी सदस्यहरूले सरकारमा जाने वा नजानिबारेमा, कसैले सङ्गठनको बारेमा आफ्नो विचार राखेका छन् ।

सरकारमा जाँदा राम्रा नराम्रा पक्षहरू, गठबन्धन के कारण र कसको कमजोरीका कारण तोडियो, नयाँ बनिरहेको सरकारप्रतिको पार्टीको धारणा के हुने भन्नेबारेमा छलफल भइरहेको हो ।

सरकारमा जाने वा नजानिबारेमा आजको बैठकपछि पोलिटब्यूरो बैठकसम्म पुगेर निर्णय लिन सक्ने अवस्था बन्ने खतिवडाले बताए । बैठक भोलिसम्म चल्नेछ ।