सरकारी निवास बालुवाटार सर्दै प्रचण्ड « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सरकारी निवास बालुवाटार सर्दै प्रचण्ड


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन्।

उनी आफ्नो निजी निवास खुमलटारबाट आज बेलुका ५ बजे बालुवाटार सर्न लागेका हुन्।

प्रचण्डले ज्योतिषसँग साइत हेराएर सर्न लागेको स्रोतले जनाएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडिसकेका छन्। उनी आफ्नो बुढानीलकण्ठमा रहेको निवासमा पुनर्निर्माणको काम चलिरहेकाले होटेलमा बसिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस