काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आज(सोमवार) नै पदभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि मन्त्री लामिछाने सिधै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।
लामिछाने चितवन-२ बाट निर्वाचित भएका थिए।
नागरिकता विवाद विचाराधीन रहेकै अवस्थामा लामिछाने गृहमन्त्री बनेका हुन् ।







