३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ रानाभाटलाई

अ+ अ-

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो पोखरा स्पोट्र्स अवार्डमा पूर्वखेलाडी खड्ग रानाभाटलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ ।

अवार्डका लागि गठित छनोट समितिको बुधबार बसेको बैठकले भलिबल र फुटबल दुबैका खेलाडी रानाभाटलाई सम्मान गर्ने निर्णय गरेको मञ्चले जनाएको छ । बैठकले विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडीको नामसमेत सार्वजनिक गरेको छ ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते), टीका माया गुरुङ (भारोत्तोलन) र अरुणा शाही (भलिबल) मनोनयनमा परेका छन् । यसैगरी, वर्ष उत्कृष्ट पुरुष खेलाडीमा करण केसी (क्रिकेट), कुमार अधिकारी (लन टेनिस) र विशाल बस्नेत (ह्याण्डबल) छन् ।

छनोट समितिले उदीयमान खेलाडीमा ममता डगौरा (भलिबल), दर्शना बुढामगर र सागर नेपाली (एथलेटिक्स) लाई समेत मनोनयन गरेको छ भने प्रशिक्षकमा सुनबहादुर लामा (तेक्वान्दो), बखतमान श्रेष्ठ (भारोत्तोलन) र इन्द्रा मल्ल (एथलेटिक्स) लाई मनोनयन गरेको छ ।

मनोनयनमा परेका तीनजनामध्ये प्रत्येक विधाबाट एक÷एक जनाले अवार्ड प्राप्त गर्नेछन् । उहाँहरुलाई अवार्डसहित नगद पुरस्कारबाट सम्मानित गरिनेछ ।

यसैगरी, मञ्चले यस वर्षदेखि एउटा उत्कृष्ट सङ्घलाई समेत सम्मान गर्ने भएको छ, जसअन्तर्गत कास्की जिल्ला लन टेनिस सङ्घलाई उत्कृष्ट सङ्घका रुपमा सम्मानित गरिनेछ । उत्कृष्ट सङ्घलाई नगद १० हजारसहित सम्मान गरिने मञ्चले जनाएको छ ।

समितिको बैठक मञ्चका सल्लाहकार एवं प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । छनोट समितिमा आठजना सदस्य रहेका थिए । पोखरा स्पोर्ट्स अवार्ड वितरण यही साउन २१ गते पोखरा सभागृहमा हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस