३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयकलाई समयानुकूल बनाउन सरकार तयार– गृहमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताएका छन् ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।”

पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना बढ्दै गएको देखिएकाले त्यस्ता घटनालाई रोक्न जनप्रतिनिधिको अगुवाइमा पूर्व सतर्क रहने कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री शर्माले भोजपुरमा केही सयमअघि तीनजना बालबालिकाको मृत्यु भएको घटनाको छानबिन र अनुसन्धानका लागि केन्द्रबाटै उच्चस्तरको प्रविधिसहितको अनुसन्धान टोली खटाउन मन्त्रालयबाट निर्देशन भइसकेको जानकारी दिए ।

यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ माथि आज भएको छलफलमा उनले यातना असल समाजका विरुद्धमा हुने भएकाले सार्वजनिक ओहदामा हरेक व्यक्तिलाई यसले समेट्ने बताए ।

उनले भने, “राज्यलाई नै जिम्मेवार गराउनेसँग सम्बन्धित भएर विधेयक ल्याउन लागिएको हो । यसलाई समयानुकूल बनाएर लैजान सरकार तयार छ ।” रासस

प्रतिक्रिया दिनुहोस