काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थामा पनि आधार दर (बेस रेट) लागु गर्ने भएको छ ।
केन्द्रीय बैङ्कले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आगामी माघदेखि लघुवित्त संस्थाहरूले पनि अनिवार्य रूपमा बेसरेट प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको थियो ।
हाल लघुवित्त संस्थाले कर्जामा अधिकतम १५ प्रतिशतको क्याप लगाएको छ । उक्त ब्याजदर कयापदले लघुवित्त संस्था घाटामा गएको भन्दै बेसरेट लागु गरी प्रिमियम तोक्नुपर्ने माग लघुवित्तकर्मीहरूले गर्दै आएका थिए ।