३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र संघमा दिगो विकाससम्बन्धी समीक्षा प्रस्तुत

अ+ अ-

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ ।

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ आज उक्त समीक्षा प्रस्तुत गर्ने छन् । चालु आवमा नेपालले सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सुनाउँदै उहाँले त्यसले नेपालको विकासको शुरुआत गर्ने बताउनुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्न नेपालको संविधान मार्गदर्शक भएको बताउँदै उनले त्यसका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय तहका बहुसाझेदारबीचको सुदृढ सहकार्यमा जोड दिए । नेपालले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रम र योजनामा समाहित गरी तदनुरुप कार्यसम्पादन गर्दै आएको जानकारी पनि उनले दिए ।

उक्त नियोगका अनुसार सहस्राब्दी विकास लक्ष्यअन्तर्गतका पूरा हुन नसकेका विषयलाई शीघ्र पूर्ण गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासमा नेपाल लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष श्रेष्ठले बैठकमा प्रस्तुत जिज्ञासाको जवाफसमेत दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस