३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउको पहिलो सोमबार : पशुपति लगायत देशै भरीका शिवालयमा भक्तजनको भीड

अ+ अ-

काठमाडौँ । साउनको पहिलो सोमबारलाई आज देशै भरीका हिन्दु महिलाहरुले विभिन्न शिवालयहरुमा बिहानैदेखि पुजा आजा गरि मनाइ रहेका छन् । साउने सोमबारमा ब्रत बसि भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले आँटे चिताएको पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

साउन महिना र सोमबार भगवान शिवको प्रिय मानिन्छ । त्यसैले साउन महिनाको सोमबारमा व्रत बस्ने र शिवको पूजा गर्ने गरिन्छ । खासगरी महिलाहरु साउने सोमबारको व्रत बस्ने गर्दछन् ।

साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् । पाँच सोमबार परेको साउन महिनालाई अझै राम्रो मान्ने प्रचलन छ । साउने सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशै भरीका शिवालयमा भक्तजनको भीड लागेको छ ।

आज पहिलो साउने सोमबारका दिन पशुपतिमा बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गरेका छन् । बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ ।

पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस