२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परीचानलन हुने 

अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ।

स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो। मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजान स्वास्थ्यकर्मी राख्ने र आवश्यकता परेको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताए।

यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आयो भने नजिकको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्ने समेत डा.अधिकारीले बताए।

यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको डा.अधिकारीले बताए।

हरेका मतदानस्थलमा अहेव, स्वास्थ्य स्वयंसेविका सहितका स्वास्थ्यकर्मी खटिने समेत डा.अधिकारीले बताए। यस्तै कोरोना संक्रमण, भर्खरै चिसो मौसम शुरु भएको हुँदा मौसमी रुघाखोकी तथा अन्य सङ्क्रमणको जोखिम हुने हुँदा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ साथ पालना गर्न समेत डा. अधिकारीले बताए।

निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने निर्वाचनमा देशभर १० हजार ८९२ मतदानस्थल रहेका छन्। जसमा १४१ अस्थायी मतदान केन्द्र रहेका छन्। 

यस्तै निर्वाचनको दिन स्वास्थ्यकर्मीहरू समेत मतदानमा सहभागी हुने भएकाले आकस्मिक सेवा बाहेक स्वास्थ्य संस्थाको सेवा समेत बन्द हुने डा.अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस