२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङको डीपीआर प्रक्रिया अगाडि बढाइने, छात्रालाई अनुदान रकम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २८ मा रहेको खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनभरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । 

मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औँ कार्यपालिका बैठकले नगर विकास कोषको प्राविधिक सहयोगमा यस सम्बन्धी काम गर्ने प्रस्ताव पारित गरेको हो ।  

बैठकले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिकाअन्तर्गत अहिले १२ वटा समिति छन् । यसमा विषयविज्ञ सहितको एउटा समिति थप हुने शाहले जानकारी दिए । बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयंसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ । यस्तै सामाजिक विकास विभागअन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ । 

कार्यपालिकाको बैठकले महानगरअन्तर्गतका ८९ वटा सामुदायिक विद्यालय र १६ वटा वैकल्पिक महिला विद्यालयसहित १ सय ५ वटा विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड व्यवस्थापन गर्न सशर्त अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । कक्षा ६ देखि १२ सम्मका छात्रालाई प्याड उपलब्ध गराउने विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत संघीय सरकारबाट चालु आर्थिक वर्षमा करिब १ करोड ६५ लाख रुपैयाँ महानगरलाई प्राप्त भएको महानगरपालिकाले जनाएको छ । विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा दर्ता भएका लाभग्राही छात्राहरूको सङ्ख्याका आधारमा निकासा हुनेछ । यसमा प्रति छात्रा करिब ९ सय ८४ रुपैयाँ पर्छ । 

प्रयोग भइसकेका प्याडको व्यवस्थापन गर्न सेनेटरी प्याड इन्सिनेटर खरिद प्रक्रिया अघि बढाइने उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । बैठकले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकालाई भूकम्पीय क्षति व्यवस्थापनमा सघाउ पु¥याउन १० लाख रुपैयाँ सहयोग गर्ने, वडा एक पालिका एक भगिनी सम्बन्ध कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रदेशबाट विकट पालिका छनौट गर्ने, सहरी स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि आवश्यक समन्वय गर्ने, सफाई कर्मचारी सेवा करारमा लिनेलगायत निर्णय गरेको छ । यसै गरी वडा नं. ७ मा सञ्चालन भएको चन्द्रविनायक जात्राका लागि १२ लाख रुपैयाँ वडामा निकासा पठाउने निर्णय पनि भएको छ । 

यस्तै बैठकले २८ औँ महानगर दिवस मनाउन मूल समारोह समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि प्रमुखको अध्यक्षतामा उपप्रमुखसहित कार्यपालिकाका सबै सदस्य रहने मूल समारोह समिति गठन भएको छ । यस्तै पुरस्कार तथा सम्मान, खेलकुद, सरसफाइ, प्रचार प्रसार तथा प्रतिवेदन, अतिथि सत्कारलगायत उपसमिति गठन गर्ने निर्णय भएको छ । यस वर्ष मंसिर २३ गतेदेखि २९ गतेसम्म दिवसअन्तर्गतका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस