२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाका ग्रामीण सडक एक महिनादेखि अवरुद्ध, मर्मतको अभाव

अ+ अ-

रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।

सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समिति र जलजला यातायात प्रा।लि।का गाडीहरु बाटो अवरुद्ध हुँदा थन्किएर बसेका छन् ।

पश्चिम रोल्पाको ओत, रांसी, तालावाङ, घर्तीगाउ, दुईखोली र वागमारा तथा उत्तरी रोल्पाको खरिवोट, टुटु र थवाङसम्म सेवा दिँदै आएको जलजला यातायात प्रा।लि।का गाडी बाटो अवरुद्ध हुँदा दुईखोली र तालावाङमा मात्र सीमित भएको जलजला यातायात प्रा।लि। रोल्पाका अध्यक्ष नन्दवहादुर पुनमगरले बताए ।

पूर्वी रोल्पाको सुलिचौरवाट गाम, सिर्प, जेल्वाङ, फुलिवन, अरेश, जुतुङखोला र पोवाङसम्म सेवा दिँदै आएको जलजला यातायात व्यवसायी समितिका गाडी बाटो अवरोधका कारण हाल पोवाङसम्म मात्र चल्ने गरेको समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिए ।

जिल्लाको थवाङ–काठमाडौँ, थवाङ–घोराही, दुईखोली–घोराही, घर्तीगाउँ–घोराही, टिला –घोराही र चुनवाङ –घोराहीका लागि बससेवा सञ्चालन गरेको सो समितिले सडक अवरुद्ध भएका कारण सबै ठाउँको सेवा बन्द गरेको अध्यक्ष रावतले जानकारी दिए । पश्चिमोत्तर सडक निर्माण तथा मर्मतको जिम्मा शहिद मार्ग सडक आयोजनाले लिएको छ भने पूर्वमा रहेका सडकको निर्माण र मर्मत सडक डिभिजन कार्यालय, चकचके, प्यूठानले लिँदै आएको छ ।

सडक डिभिजन कार्यालय र शहिदमार्ग सडक आयोजनासँग अविलम्ब सडक मर्मतका लागि समन्वय भएका कारण केही दिनमा सडक मर्मत हुनेमा आफूहरु आशावादी भएको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष रावतले बताए ।

सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । बाटो मर्मतका लागि जनताबाट ठूलो दबाब आइरहेका कारण सम्बन्धित निकायले मर्मत नगरे यात्रुको चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने जलजला प्रा।लि।का अध्यक्ष नन्दबहादुर पुनले बताए ।

वर्षात्का कारण सडकमा पहिरो गइरहेका कारण सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको शहिद मार्ग सडक आयोजना, रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले बताए । दुईखोलीसम्म गाडी नियमित चलाउनका लागि मेसिन चौबिसै घण्टा काममा लगाइएको उनले बताए ।

नयाँ कटिङका कारण झण्डै एक वर्षसम्म यस्तो समस्या भोग्नुपर्ने उनले बताए । हाल जिल्ला सदरमुकाम लिवाङवाट लामो दूरीमा चल्ने गाडीहरु मात्र नियमित सञ्चालनमा आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस