२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालसुधार गृह डोटीमा क्षमता भन्दा बढी बालक, व्यवस्थापन गर्नै गाह्रो 

अ+ अ-

डोटी । जिल्ला सदरमुकाम डोटीमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्न बाध्य भएका छन् । 

प्रदेश भरी एक मात्र बालसुधार गृह हुँदा स्थापनाकाल देखी हाल सम्म क्षमता भन्दा बढी बालकहरू बस्न बाध्य भएका हुन् ।  

२०७५ साल भाद्र महिनामा स्थापना भएको बालसुधार गृहमा २५ जना बालकहरू बस्न मिल्ने क्षमताको भएपनि हाल ३९ जना बालकहरू बस्दै आएका छन् । 

बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्ने हुँदा व्यवस्थापकीय पक्षमा गाह्रो हुने गरेको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । 

उनले भनिन् ‘हाल डोटीमा जुन भवनमा बाल सुधार गृहको लागि प्रयोग गरी बालकहरू लाई राख्ने गरेको छ त्यो भवन बालसुधार गृहको लागि निमार्ण गरेको होइन साबिकको महिला तथा बालबालिका कार्यालयको भवन भएकोले बाल सुधार गृहको लागि आवश्यक मापदण्ड अनुसार नहुँदा समस्या भइरहेको छ, क्षमता भन्दा बढी पनि छन्, भवन बाहीरतिर खेल्न मिल्ने खेलमैदान छैन, खेलकुद सामाग्री छैन्, तर पनि हामीँंग भएको श्रोत साधनको सदुपयोग गरि व्यवस्थापन गरिरहेका छौ ।’

बालकहरूलाई अन्य जिल्लामा अदालती प्रक्रियामा सहभागी गराउन सवारी साधनको साह्रै अभाव हुने गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् । 

बालसुधार गृहको लागि प्रयोग गरेको भवनमा हाल मल्टीस्टोरेज बेड बनाएर, आवश्यक खान बस्न, सुरक्षा व्यवस्थालाई मिलाई रहेको, स्वास्थ्य कार्यालयसँगको समन्वयमा मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको, गैर सरकारी सङ्घ संस्थासँगको समन्वयमा मनोबिमर्शसेवा दिनुका साथै व्यवस्थापकीय लगायतका अन्य क्षेत्र सरसफाइ सुरक्षा लगाएका कुराहरूको नियमित अनुगमन गर्ने गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् । 

क्षमता भन्दा बढी बालकहरू भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बाल सुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताइन् । देश भरमा जम्मा ८ वटा बालसुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो । उनका अनुसार बाल सुधार गृहमा रहेका ३९ जना बालकहरू मध्य २८ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य १३ जना हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ । 

डोटीमा रहको बाल सुधार गृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका बालकहरू रहेका छन् ।