काठमाडौँ । रोल्पामा भिरबाट लडेर १ जना युवाको मृत्यु भएको छ।
रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको सोमबार दिउँसो मृत्यु भएको हो।
उनी घरबाट नजिकै रहेको भिरबाट लडेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
राना करिब १५० मिटर तल खसेका थिए। रानाले सोमबार बिहानैदेखि मदिरा सेवन गरेको र घर फर्किंदै गर्दा भिरबाट लडेका थिए।
रानाको शव पोस्टमर्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।