२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यून मात्रामा सवारी चल्दा पनि १५ सयलाई कारबाही

अ+ अ-

काठमाडौँ । दसैँ बिदाका कारण न्यून मात्रामा सवारीसाधन चले पनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीका अनुसार आइतबार एकै दिन एक हजार पाँच सय सवारीसाधनलाई कारबाही गरिएको हो । न्यून मात्रामा सवारीसाधन चलेको भए पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । 

एसपी विष्टका अनुसार आइतबार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय १० सवारीसाधन र चालकलाई कारबाही गरिएको छ । आइतबार उपत्यकामा साना ठुला गरी २० वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा २१ जना सामान्य घाइते र एक जना गम्भीर घाइते भएका थिए । 

मोटरसाइकल दुर्घटनाका गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । खुला सडक हुँदा लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्दा न्यून सवारीसाधन चल्दा पनि दुर्घटनाको सङ्ख्या धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस