२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा काँग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन सङ्घर्षरत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुङ्ग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली काँग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरू यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । त्यसो नगरिए परिणाम अनपेक्षित हुने समेत चेतावनी दिएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको लागि गठबन्धन दलहरूले यसअघि जितेका क्षेत्रहरू यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ’ उनले विज्ञप्तिमा भनेका छन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभाको एउटा र पदेशसभाको दुई वटा निर्वाचन क्षेत्र छ । रोकाले जिल्लाको एक प्रदेशसभा क्षेत्र काँग्रेसलाई दिन लागेको सुनेकाले त्यसलाई रोक्न ध्यानाकर्षण गराएको बताए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले पाउनेमा विवाद नभए पनि दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले दाबी गरेको छ । नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश वलीले आफूहरूको दाबी २ क्षेत्रमा भए पनि गठबन्धनको मापदण्ड अनुसार एउटा क्षेत्र भने पाउनै पर्ने बताउँछन् । विशेष गरी प्रदेशसभा ‘ख’मा आफूहरूको दाबी रहेको उनले बताए ।

यस्तै ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका दुई दल माओवादी र काँग्रेस छुट्टाछुट्टै निर्वाचन लडेका थिए । नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गरेर माओवादीविरुद्ध चुनाव लडेको थियो । त्यही क्रममा जिल्लामा दर्जनौँ झडप माओवादी र काँग्रेसबिच भएका थिए । त्यसको असर संघीय चुनावमा समेत देखिने भएको छ।

माओवादीका जिल्ला संयोजक रोका स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले गठबन्धनको सहमति उल्लङ्घन गरेर एमालेसँग तालमेल गरेको भन्दै त्यसको क्षतिपूर्तिस्वरुप पनि काँग्रेसलाई कुनै क्षेत्र छाड्न नसकिने बताए ।

काँग्रेसका जिल्ला सभापति वलीले भने स्थानीय तहको चुनावमा सबैतिर गठबन्धन नभएकाले रुकुममा पनि नभएको बताए ।

जिल्लामा गठबन्धन हुन नसके पुरानै हिसाबले चुनाव लड्ने उनले बताए । 

स्थानीय चुनावमा रुकुम पश्चिमका ६ पालिकामध्ये नेपाली कांग्रसले एमालेसँगको तालमेलमा २ पालिका जितेको थियो । अर्थमन्त्री एवं रुकुम पश्चिमका माओवादी नेता जर्नादन शर्माको गृह नगर मुसिकोट नगरपालिकामै काँग्रेस विजयी भएको थियो ।

हालै सम्पन्न स्थानीय तहको चुनावमा वडास्तरमा पाएको मत हिसाब गर्दा रुकुम पश्चिममा माओवादीले ३७ हजार १०२ मत पाएका छ भने नेपाली काँग्रेसले २६ हजार ६२० र नेकपा एमालेले ६ हजार १२४ मत पाएको थियो ।