थप ४५ जनामा कोरोना संक्रमण, ७० जना कोरोनामुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना कोरोनामुक्त


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६७८ नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०७ र एन्टिजेनबाट १३७१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट २० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ७० जना कोरोनामुक्त भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस