व्यवसायी र संघसंस्थालाई काठमाडौँ महानगरले दियो ३० दिने ‘अल्टिमेटम’ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

व्यवसायी र संघसंस्थालाई काठमाडौँ महानगरले दियो ३० दिने ‘अल्टिमेटम’


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संघ-संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड)को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।

व्यक्ति, व्यवसाय वा सङ्घसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो।

अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी गरेर आग्रह गरेको छ।

शुल्क नबुझाए वा तोकिएकोभन्दा ठुलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।

हेर्नुस् सूचना : 

Tags :
प्रतिक्रिया दिनुहोस